नेपाल घुम्न आउने बहानामा बाल यौन दुराचार : यो वर्ष मात्रै १६५ जना विदेशी नागरिक पक्राउ !

लोकान्तर

काठमाडौं

एक साता अगाडि चैत १७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाल यौन दुराचारको आरोपमा ६६ वर्षीय अमेरिकी नागरिक माइकल नर्मम्यान टेलरलाई पक्राउ गर्‍यो।

नेपाल आएको समयमा एक बालकलाई यौन दुराचार गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

सन् २०१९ अप्रिल १४ देखि १५ दिन नेपालमा रहँदा पोखरा महानगरपालिका एक बालकलाई यौन दुराचार गरेको किटानी जाहेरी परेको आधारमा माइकललाई सीआईबीले चैत १७ गते पक्राउ गरेको थियो।

‘ती बालकका आफन्तले किटानी जाहेरी दिएको आधारमा जिल्ला अदालत कास्कीबाट पक्राउ पूर्जी जारी गरेर पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवनराम श्रेष्ठले भने, ‘अघिल्लोपटक नेपाल आउँदा यौन दुराचार गरेको आरोपमा यसपालि नेपाल आएको मौकामा बालकका परिवारले किटानी जाहेरी दिनुभएको थियो।’

प्रकाशित मिति: : 2021-04-08 14:14:00

प्रतिकृया दिनुहोस्