चलचित्रमा विदेशी लगानी भित्रिए के हुन्छ ?

बाह्रखरी

काठमाडौं

चलचित्रमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन सके नेपाली चलचित्रले ठूलो फड्को मार्ने चलचित्रकर्मीहरुले बताएका छन्।

लगानी अभावमा खुम्चिएका चलचित्रहरु बाह्य लगानी आए बजेटको समस्या हट्ने चलचित्रकर्मीहरुको विश्वास छ।

यही अपेक्षा गर्दै केही दिनअगाडि ३४ जना चलचित्र निर्माताले चलचित्र विकास बोर्डसमक्ष अन्तर्राष्ट्रिय लगानी भित्र्याउने वातावरण बनाइदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए।

सरकारको नीति तथा कार्यक्रममा नै यो विषय समावेश गराउने गरी पहल गरिदिन उनीहरुको माग थियो।

यता, विकास बोर्डले भने यो माग पहिला नै पहिचान गरिसकेको भन्दै सम्बोधनको चरणमा रहेको जनाएको छ।

बोर्डका अनुसार चलचित्रमा वैदेशिक लगानी भित्र्याउने निर्माताहरुको माग सम्बोधन गर्ने विधेयक संसद्मा विचाराधीन छ। 

प्रकाशित मिति: : 2021-04-08 13:00:00

प्रतिकृया दिनुहोस्