एमाले–माओवादी एकताको मूल्य!

प्रचण्ड नेतृत्वको माओवादीसँग ०७४ को निर्वाचनताका आफ्नो पार्टी नेकपा–एमालेलाई एकीकरण गरेपछि ओली–गुट इतरका एमाले नेता तथा कार्यकर्तामा भयको चिसो पसेको सम्झिँदा हिजै भएजस्तो लाग्छ।

म राम्रैसँग सम्झिरहेको छु, ‘माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनपछि बेइमानी गरेर एमालेलाई धोका दिँदै कांग्रेससँग गठबन्धन गरे भने के गर्ने ?’

माधवकुमार नेपाल र झलनाथ खनालका गुटभित्र यस्तै आशंकाको चर्चा चलेको सुनिएकै हो।

कम्युनिस्ट गठबन्धन आजको जमानामा दुनियाँको कुनै मुलुकमा हुन नसकेको हास्यास्पद गतिविधि भए पनि नेपालमा यस्ता गतिविधि लाजै नमानी हुने गर्छन्।

माधव नेपाल र झलनाथको त्यस बेलाको आशंका हिजोआज अर्कै प्रकारले लाखे बनेर भैरवनाच नाचिरहेको छ।

नारायणहिटी दरबारमा परिवर्तन आयो, तर सिंहदरबारको प्रवृत्तिमा परिवर्तन नै देखापरेन। यही हो, वर्तमानको सबभन्दा ठूलो राजनीतिक विडम्बना। 

प्रकाशित मिति: : 2021-04-08 11:38:00

प्रतिकृया दिनुहोस्