कोरोना भाइसरको कारण दूधकोसी जलविद्युत् आयोजनाको काम प्रभावित

कोरोना भाइसरको कारण दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना प्रभावित बनेको छ।

कोरोनाका कारण ठेकेदार कम्पनीले समयमा काम गर्न नसक्दा आयोजना प्रभावित बनेको हो।

६३५ मेगावाट क्षमताको जलाशययुक्त सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन निर्माण गरेको इटालियन ठेकेदार कम्पनी इएलसी इलेक्ट्रो कन्सल्टका प्रतिनिधि कोरोना महामारीका कारण नेपाल आउन सकेको छैन।

चालू आर्थिक वर्ष ०७७र७८ को नीति तथा कार्यक्रममा यसै आवमा निर्माण थाल्ने योजना थियो। कोरोना महामारीका कारण परामर्शदाताले समयमा काम गर्न नसक्नु र त्यसैका कारण सरकारीस्तरमा पर्याप्त ध्यान पुग्न नसक्दा आयोजना निर्माणका लागि तोकिएको समयसीमा पालना हुन सकेको छैन।

महामारीबाट प्रभावित मुलुक भएका कारण आयोजनाका अधिकारीले धेरै ताकेता गर्नसकेका छैनन्। दुई वर्ष पहिले नै तयार भएको प्रतिवेदनमाथि आवश्यक टिप्पणीसमेत आयोजनाका अधिकारीले पठाइसकेका छन्। 

प्रकाशित मिति: : 2021-04-08 07:38:00

प्रतिकृया दिनुहोस्