जर्मनीको बन्डेसलिगा क्लबमध्ये उल्फ्सवर्गको मैदान सबैभन्दा हरियो प्रमाणित भएको छ।
बुन्डेसलिगामा १८ क्लब समावेश छन्। नयाँ रिपोर्टअनुसार यो क्लबको मैदानमा सबैभन्दा हरियो मानिएको छ।
यस्तै, गत जनवरीमा प्रकासित रिपोर्टअनुसार इंग्लिस प्रिमियर लिगमा टाटेनहामको मैदान सबैभन्दा हरियो प्रमाणित भएको थियो।
बुन्डेसलिगाको रिपोर्टअनुसार कोलोग्ना दोस्रो तथा च्याम्पियन्स लिग विजेता वार्यन म्युनिख तेस्रो स्थानमा छन्। रिपोर्टअनुसार वल्फ्सवर्गको मैदानमा सतप्रतिशत हरित उर्जा छ।
संयुक्त राष्ट्र संघको ‘खेलकुदका लागि जलवायु’ कार्यक्रमअन्तर्गत दिगो परियोजनाका लागि २०२५ सम्ममा शुन्य उत्सर्जन गर्ने अभियान छ।