एम्बापेको दुई गोलमा घरेलु मैदानमा म्युनिखको पराजय, फाइनलको बदला पुरा

केलियन एम्बापेको दुई गोलको सहयोगले पेरिस सेन्ट जर्मेन (पिएसजी) ले डिफेन्डिङ च्याम्पियन वायर्न म्युनिखलाई उसैको घरमा २–३ गोल अन्तरले पराजित गरेको छ।

च्याम्पियन्स लिगको क्वाटर फाइनलअन्तर्गत बुधबार राती भएको पहिलो लेगको खेलमा भ्रमणकारी पिएसजीले सुरुवातमै दुई गोलको अग्रता बनाएको थियो।

स्टार स्ट्राइकर नेइमार र अट्याकिङ मिडफिल्डर एञ्जल डि मारिया चम्किएको यस खेलमा सुरुदेखि नै पिएसजीले आक्रामक खेल प्रस्तुत गर्यो।

गत वर्ष च्याम्पियन्स लिगको फाइनलमा हारको सामना गरेको पिएसजीले पुरानो बदला लिने क्रममा खेल सुरु भएको ३ मिनेटमै अग्रता लिएको थियो, जब नेइमारको पासमा एम्बापेले गोल गरे।



सेभिलको मैदानमा पोर्टोमाथि चेल्सीको दुई गोलको अग्रता 



नेइमारको अर्को पासमा २८ मिनेटमा माक्युनोसले फ्रेञ्च च्याम्पियनका लागि अर्को गोल गरे।

सुरुवातमै दुई गोलले पछि परेको डिफेन्डिङ च्याम्पियन म्युनिखले यसपछि खेलमा पुनरागमन गरेको थियो। उसले ३७ मिनेटमा चोपो–मोटिङको गोलमा ३७ तथा थोमस मुलरले ६० मिनेटमा गोल फर्काउदै खेललाई बराबरीमा ल्याए। 

तर, एम्बापेले ६८ मिनेटमा डि मारियाको पासमा अर्को गोल थपेपछि भ्रमणकारी टोली विजयी भयो। एम्बापेको च्याम्पियन्स लिगमा आठ गोल पुरा 


उल्फ्सवर्ग जर्मनीको सबैभन्दा हरियो मैदान

प्रकाशित मिति: : 2021-04-08 06:35:00

प्रतिकृया दिनुहोस्