प्रहरीको फन्दामा परे पाँच चोर

हरीसिद्धि खरिबोटस्थिति अर्वन ओएसिस इन्टरप्राईजजबाट विभिन्न कम्पनीका विभिन्न सामान चोरी गर्ने पाँच जना पक्राउ परे। 

सुटकेश, ब्याग, ल्यापटप ब्यागसहित नगद चोरी गरेको आरोपमा सिन्धुली तीनपाटन घर भई ललितपुरमा बस्ने ३२ वर्षीय यम कुमार श्रेष्ठ, रामेछाप दोरम्बा घर भई नरेफाट बस्ने २७ वर्षीय प्रदिप गौतम, सुनसरी घर भई गौशला बस्ने २६ वर्षीय महेश अधिकारी तथा धनकुटा महालक्ष्मी घर भई शान्तीनर बस्ने २३ वर्षीय दिपक खड्का र २५ वर्षीय नवीन अधिकारी पक्राउ परेका हुन्। 

प्रहरीले गत सोमबार काठमाडौंको नरेफाटबाट यम कुमार, प्रदिप र महेशलाई पक्राउ गरेको हो भने मंगलबार काठमााडौंको शान्तिनगरबाट दिपक र नवीनलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरुबाट घटनामा प्रयोग भएको बा २१ च ७३४४ नम्बरको गाडी, विभिन्न कम्पनीमा २२८ थान झोला  र केही गरगहनासमेत बरमाद गरेको छ। 

उनीहरुमाथि अदालतबाट म्याद थपी अनुसन्धान भईरहेको प्रहरी जनाएको छ। 

प्रकाशित मिति: : 2021-04-07 22:40:00

प्रतिकृया दिनुहोस्