बुधबार, १७ डिसेम्बर २०२५

दर्शकले चिन्न नसकेका रिमी (तस्वीरसहित)

Photo : Rimi Instagram
• • •

अभिनेत्री रिमी सेनले बलिउडमा थुप्रै हिट चलिचत्रहरुमा काम गरिन्। तर उनलाई कसैले नोटिस गरेनन्।

रिमीले 'हंगामा', 'गोलमाल', 'फिर हेरा फेरी', 'गरम मसाला' लगायका सफल चलचित्रमा काम गरेपनि अझै उनलाई दर्शकले सजिलै चिन्न सकेका छैनन्। यसका बाबजुद रिमीले अहिलेपनि बलिउडमा संघर्ष गरिरहेकी छन्।

पुराना संघर्षलाई सम्झदै एक अन्तर्वार्तामा रिमीले भनेकी छन्, 'मैले गीत र म्युजिक भिडियोबाट करियर सुरु गरेको थिए। यो यात्राले मलाई चलचित्रसम्म पुर्यायो।'

उनले सुरुमा आर्थिक अभावको कारण पैसा कमाउन मात्रै चलचित्र गरेकोपनि बताईन्। उनले भनिन्,  'मसँग रोजीरोटीको लागि कुनै डिग्री थिएन। त्यसैले सहज तरिकाले पैसा कमाउन यस क्षेत्रमा लागे। तर यो क्षेत्रपनि गाह्रो रहेछ। धेरै संघर्ष गर्नुपर्यो।' 

उनले चलचित्र 'स्वदेश' र 'मुन्ना भाई एमबिबिएस'को लागिपनि अडिसन दिएको बताइन्। तर दुखद कुरा, उनी छनोट हुन सकिनन्। 

यसलाई बिडम्बना मान्नुपर्छ कि उनले अझै आफूलाई स्थापित गर्न बलिउडमा संघर्ष गरिरहेकी छन्। 


 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!