पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु 

सांकेतिक तस्वीर
सांकेतिक तस्वीर

पोखरा महानगरपालिका-३३ प्रगती मार्ग घर भएका २३ वर्षीय बिशाल रायमाझीको करेन्ट लागेर मृत्यु भएको छ।

सोही ठाउँस्थित ग्लोबल प्लाष्टिक उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेज नयाँबजारमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

प्रकाशित मिति: : 2021-04-07 13:42:00

प्रतिकृया दिनुहोस्