मेलम्चीको पानी काठमाडौं झर्दा नसोधिएको प्रश्न : जस लिन होडबाजी गर्नेहरू नै दोषी होइनन् र ?

लोकान्तर

काठमाडौं

राजा वीरेन्द्रको शासनकाल वि.सं. २०२९ सालमा विश्व बैंकको सहयोगमा पहिलोपटक अध्ययन भएको मेलम्ची खानेपानी परियोजनालाई वि.सं. २०४४ सालमा स्नो माउन्टेन इन्जिनियरिङ कन्सल्टेन्सीले डिजाइनको काम शुरू गर्न लागेको थियो।

वि.सं. २०४६ सालको जनआन्दोलनपछिको चुनावी सरकारका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्ची खानेपानी परियोजनाको शिलान्यास गरेका थिए।

२१औँ शताब्दीमा आएर पनि खानेपानी जस्तो सामान्य तर अत्यावश्यक परियोजनालाई सार्थक रूप दिन ३१ वर्ष लगाउने नेतृत्वले देश विकासमा कस्तो फड्को मार्ला? अझ त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा त यी र यस्तालाई फेरि पनि नेतृत्व तहमा पुर्‍याउने हामी जनता कति मूर्ख छौं होला?

विश्वव्यापी तथ्यांक हेर्ने हो भने ३ जनामध्ये एक व्यक्तिले सफा पानी पाउँदैन। संसारमा हरेक दिन लगभग १४०० केटाकेटीको पानीसँग सम्बन्धित रोगका कारणले मृत्यु हुने गर्दछ।

नेपालमा प्रत्येक वर्ष पाँच वर्षभन्दा मुनिका ४४००० बच्चाहरू पानीजन्य रोगबाट मृत्युवरण गर्न बाध्य छन्।

प्रकाशित मिति: : 2021-04-07 13:15:00

प्रतिकृया दिनुहोस्