काठमाडौंको रातोपुलमा एक भारतीय नागरिक मृत फेला परेका छन्।
भारतको कोलकत्ता घर भई रातोपुलमा बस्दै आएका ३९ वर्षीय प्रदिप मण्डल मृत फेला परेका हुन्।
दरबारमार्गस्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने मण्डलको शव डेरामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ। घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।