राजनीतिक ‘तुवाँलो’ भित्र प्रचण्ड

अनलाइनखबर

काठमाडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनदिने रुकुम–रोल्पा भ्रमणमा निस्किएका छन्। २६ चैतसम्म प्रचण्ड उतै रहने भएकाले त्यसअघि राष्ट्रिय राजनीतिमा कुनै ठोस निर्णय हुने सम्भावना न्यून छ।

अझ बितेको हप्ताका राजनीतिक घटनाक्रम हेर्ने हो भने प्रचण्ड काठमाडौं फर्किएपछि पनि तत्कालै कुनै राजनीतिक उतारचढावको सम्भावना देखिंदैन।

किनकि, अहिलेको राजनीतिक गतिरोधको मूल कारण माओवादी बाहेकका दलहरुमा देखिएको अन्तरविरोध हो, जुन निकास उन्मुख छैन। प्रधानमन्त्रीको राजीनामा माग्ने र नयाँ सरकार निर्माणको पहलकदमी लिने पार्टी निर्णय कार्यान्वयन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै उदासीन देखिनुले पनि त्यो पुष्टि हुन्छ।

जबकि, कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष प्रचण्डकै जस्तो ओली सरकारको विकल्प खोज्ने पक्षमा छन्। पौडेल र सिटौलाहरुकै दबाबका कारण २० चैतमा नयाँ सरकार निर्माणबारे कांग्रेसले निर्णय गरेको थियो।

यो निर्णयबाट प्रचण्ड उत्साहित बने। २१ चैतमा कपिलवस्तुमा आयोजित कार्यक्रममा ‘राष्ट्रिय राजनीतिले कोल्टे फेरेको र छिट्टै नयाँ सरकार बन्ने’ अभिव्यक्ति दिएर प्रचण्डले आफ्नो उत्साह लुकाएनन्।

प्रकाशित मिति: : 2021-04-07 08:39:00

प्रतिकृया दिनुहोस्