हात्तीको अवैध सीमापार व्यापारमा नेपाली पर्यटन व्यवसायी

अनलाइनखबर

काठमाडौं

चितवनको सौराहामा होटल चलाउने ज्ञानेन्द्रबहादुर बिष्टलाई उनले कहिलेदेखि हात्ती पाल्न थाले यकिन मिति याद छैन।

तर जहिलेदेखि हात्ती पालिए, तिनले सधैं आफूलाई नाफा नै दिएको उनी निर्धक्क बताउँछन्।

सौराहाका अन्य होटल जस्तै उनले आफ्ना हजारौं पाहुनालाई हात्तीमाथि चढाएर चितवन राष्ट्रिय निकुञ्ज बाहिरका सामुदायिक वनहरूमा सफारी गराएका छन्, अनि यसबापत करोडौं शुल्क उठाएका छन्।

२०७६ सालको चैतसम्म उनीसँग तत्काल रहेका दुई हात्ती बिहानदेखि साँझसम्म पाहुनाको सेवामा व्यस्त हुन्थे।

तर कोभिड महामारीले पर्यटकीय गतिविधिमा भाँजो हालेपछि स्वदेशी तथा विदेशी पर्यटकहरूका लागि नेपालका सबैभन्दा लोकपि्रय गन्तव्यमध्येको एक चितवन पनि सुनसान हुन थाल्यो।

प्रकाशित मिति: : 2021-04-06 10:14:00

प्रतिकृया दिनुहोस्