सीपमूलक तालिममा करोडौँ खर्च, श्रमबजारमा दक्ष कामदारको अभाव

शिलापत्र

काठमाडौँ

सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर बर्सेनि वैदेशिक रोजगारीमा जान चाहने युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ। देशभित्रै रोजगारीको खोजीमा रहेका युवालाईसमेत त्यस्तो तालिम दिइँदै आएको छ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले वार्षिक रूपमा सञ्चालन गर्दै आएको सीपमूलक तालिम रोजगारीको खोजीमा रहेका युवाले लिने गरेका छन्। तर, श्रम मन्त्रालयकै विभिन्न अध्ययनमा ७५ प्रतिशत अदक्ष (काममा दक्ष नभएका) कामदार लेबर भिसामा वैदेशिक रोजगारीमा जाने गरेको देखाएको छ।

श्रम मन्त्रालयले दक्ष जनशक्ति उत्पादन गर्ने योजना अघि सारे पनि श्रम बजारमा दक्ष कामदारको अभाव रहेको मन्त्रालयकै अध्ययनले देखाएको छ।

प्रकाशित मिति: : 2021-04-06 08:56:00

प्रतिकृया दिनुहोस्