अभिनेत्री निधी अग्रवालको चर्चा दिनानुदिन बढ्दो छ।
\एकपछि अर्को चलचित्रमा अनुबन्धित भईरहेकी निधी यतिबेला दक्षिण भारतीय चलचित्र भुमी र अशोक गल्लाको छायांकनमा व्यस्त छिन्।
बलिउडदेखि टलिउडसम्म निधीको यात्रा
सन् १९९३ मा मारवाडी परिवारमा जन्मिएकी निधीले बैंगलोर विश्व विद्यालयबाट पढाई पुरा गरिन्।
निधी अभिनेत्री बन्नुभन्दा अघि एक बेली डान्सर र मोडल थिईन्। हिजोआज भारतमा उनलाई बौद्धिक अभिनेत्रीको रुपमापनि हेरिन्छ। हालै उनले दिएको एक अन्तर्वार्तामा भनेकी छन्, म हिन्दी, अंग्रेजी, कन्नड, तेलुगु, पंजाबी लगायत १२ वटा भाषा बोल्न सक्छु। मलाई मनपर्ने कथा आएमा जुन चलचित्रमा पनि काम गर्न सक्छु।
सन् २०१७ मा रिलिज भएको चलचित्र मुन्ना माईकल बाट उनले बलिउडमा प्रवेश गरकी थिईन्। मुन्ना माईकल लागि उनले अडिसनमा आएका ३ सय जना प्रतिस्पर्धीलाई पछि पारेकी थिईन्। जसको कारण उनले पहिलो चलचित्रमै अभिनेता टाइगर श्रफसँग स्क्रिन शेयर गर्ने मौका पाईन्। तर उक्त चलचित्रमा उनको अभिनयको खासै चर्चा भएन। बरु उनको सुन्दरता र नृत्यको राम्रो चर्चा भयो।
त्यसपछि २०१८ मा उनले पहिलो तेलुगु चलचित्र सभ्यासाचीमा अभिनेता नागा चैतन्यसँग मुख्य भुमिकामा देखिइन्। १४ करोडमा निर्माणको भएको चलचित्रले बक्स अफिसमा २ सय ५० करोड भन्दा बढि आम्दानी गर्यो। त्यस्तै २०१९ मा रिलिज भएको उनको चलचित्र मिस्टर मज्नुले झन भारतभर नै तहल्का मच्चाएको थियो।
बलिउड नफाप्ने निधीले फेरी बलिउडकै चलचित्र गर्ने योजना बनाएकी छन्। चलिरहेको भुमी र अशोक गल्लाको छायांकनपछि उनले अक्षय कुमारसँग नयाँ चलचित्रमा काम गर्न लागेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।