सोमबार, १५ डिसेम्बर २०२५

‘युरेनियम’ मुद्दामा प्रहरीको कच्चा अनुसन्धान, बुझायो टालटुले प्रतिवेदन

News Image
• • •

फागुन २७ गते कच्चा युरेनियमसहित पक्राउ परेका चार जनाविरुद्धको मुद्दामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ।

युरेनियमसहित पक्राउ परेका ४ जना र भारतबाट युरेनियम ल्याएका भनिएका व्यक्तिलाई अभियुक्त बनाउँदै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।

पुरानो घर रामेछाप भई बौद्ध बस्ने जानुका तामाङ, रामेछापकै नारायणसिंह तामाङ, प्रकाश चौहान र सिन्धुलीका मनोज न्यौपाने पक्राउ परेका थिए। उनीहरुविरुद्ध रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन, २०७७ अनुसार मुद्दा पेस गरिएको एसएसपी सिंहले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!