राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना स्पेन प्रस्थान

राष्ट्रिय सभा अध्यक्ष गणेश  तिमिल्सिना आज स्पेन प्रस्थान गरेका छन्। 

उनी स्पेनको काथेरेस शहरमा चैत्र २४ गतेदेखि ३० गते सम्म हुन लागेको पीस कन्फ्रेन्स अफ लुम्बिनी गार्डेन प्रोजेक्ट को उद्घाटन कार्यक्रममा भाग लिन प्रमुख अतिथीको रुपमा त्यसतर्फ प्रस्थान गरेका हुन्।

अध्यक्ष तिमिल्सिनाले भ्रमणको क्रममा त्यहाँको सिनेटका अध्यक्ष, उपप्रधानमन्त्री, एक्सत्रेमादुराका मुख्यमन्त्री, प्रदेशका सभामुख तथा सांसद लगायत विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गर्नेछन्।

उनी बैशाख १ गते स्वदेश फिर्ता हुने बताइएकाे छ।

प्रकाशित मिति: : 2021-04-05 21:32:00

प्रतिकृया दिनुहोस्