भारतलाई झस्काउने चीन–इरान सम्झौता

रातोपाटी

काठमाडौं

प्रतिबन्ध हटाउन अमेरिकाले थोरैमात्र संकेत देखाइरहेका बेला चीनले इरानसँग ४ सय बिलियन डलरको सम्झौता गरेको छ। यो भारतका लागि राम्रो समाचार होइन।

चीन र इरानबीचको २५ वर्षे आर्थिक सहकार्य सम्झौताले भारतलाई चिन्तित हुनुपर्ने र एशियाली क्षेत्रका देशहरुप्रतिको आफ्नो नीति पनि पुनर्विचार गर्नुपर्ने अवस्थामा पुर्याएको हुनुपर्छ।

२४ मार्चमा चीनले इरान सँग तेहरानमा ४ सय खर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो । यसले दुई राज्यहरूबीच कायम मित्रतालाई बढावा दिनेछ।

इरानमाथि थोपरिएको नाकाबन्दीलाई हटाउने थोरैमात्रै संकेत अमेरिकाले देखाइरहेका बेला यो सम्झौतामा हस्ताक्षर भएको हो।

आणविक कार्यक्रमजस्ता अमेरिकाले भन्दै आएका प्रमुख मुद्दामा कुनै सम्झौता नगरी इरानमाथिको डोनाल्ड ट्रम्पको कडा नीति उल्ट्याएर जो बाइडेन प्रशासनले नरम नीति अख्तियार गर्ने अपेक्षा गरिएको छ। 

प्रकाशित मिति: : 2021-04-05 11:08:00

प्रतिकृया दिनुहोस्