आलंकारिक राष्ट्रपतिको राजनीति गरिरहने रहर

शिलापत्र

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार अपरान्ह अकस्मात् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल निवास डल्लु पुगिन्। भण्डारीको पूर्व पार्टी एमाले केपी ओली र माधवकुमार नेपाल-झलनाथ खनाल समूहमा बाँडिएर विभाजनउम्मुख रहेका बेला भण्डारी खनालको दैलो ढकढकाउन पुगिन्।  

राष्ट्रपतिले पार्टी आन्दोलन एकताबद्ध भएर जाओस् भन्ने आफ्नो चाहना सुनाएको खनालले लगत्तै सार्वजनिक अभिव्यक्ति दिए। यसले भण्डारी एमालेभित्रको झगडा सुल्झाउने मनाशयले खनालनिवास डल्लु पुगेको पुष्टि भएको छ।  

यतिमात्र होइन, भण्डारीको डल्लुगमनले पदीय शिष्टाचार नाघेर पार्टीगत राजनीतिमा रमाउने उनको विगतको वानीमा सुधार नआएको पनि पुष्टि गरिदिएको छ। जसरी यसअघि विघटित नेकपाको आन्तरिक कलह मिलाउन राष्ट्रपति भण्डारी प्रयासरत थिइन्, उसैगरी एमालेको सम्भावित विभाजनमा समेत आफ्नो भूमिका खोजेकी छिन्।  

सर्वोच्च अदालतले २३ फागुनकाे फैसलाबाट एमाले ब्यूँताइदिएपछि नै राष्ट्रपति मण्डारी दलभित्रको विवादमा छिरेकी थिइन्। साविक नेकपामा हुँदैदेखि माधवकुमार नेपालको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग बढेको दुरी अदालतको फैसलापछि साँघुरिएन। बरु नेपाल–खनाल समूह र ओली समूहका नाममा समानान्तर गतिविधि बाक्लिन थाल्यो। यससँगै ओली र नेपालबीच टाढिएको सम्बन्ध जोड्न राष्ट्रपति भण्डारी अघि सरिन्।

प्रकाशित मिति: : 2021-04-04 23:01:00

प्रतिकृया दिनुहोस्