बिएल संवाददाता
निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन्। सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए।
भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमा भएको कार्यक्रममा दीपक हमालले उदीयमान खेलाडीको अवार्ड जिते। सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिन्। आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रदर्शनलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ।
अवार्ड विजेता सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन्। छ जनै खेलाडी १३ औं सागमा पनि पदक जितेका थिए। मंगल बाहेक सबै खेलाडीले १३ औं सागमा स्वर्ण जितेका थिए। मंगलले भने रजत हात पारेका थिए।
विजेतालाई पूर्व मन्त्री एवं संघीय सांसद महेश बस्नेत, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा, नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नुनम सुब्बा, हिमाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विज्ञान राई, आयोजक कमिटीका संयोजक मन्जुर महर्जन, अवार्ड संयोजक राजीव महर्जनलगायतले एक कार्यक्रमबीच ट्रफी, प्रशंसा पत्र, जनही नगद ५ हजार र गिफ्ट ह्याम्पर प्रदान गरे।
नागरिक विकास र यो यो बैंक्युटको मुख्य प्रायोजनमा भएको अवार्ड कार्यक्रमका अवसरमा १३ औं सागका प्रशिक्षक तथा लामो समयदेखि उसु प्रशिक्षणमा संलग्न प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया