अब सेनाको बर्दीमा देखिनेछन् क्रिकेटर जितेन्द्र

नेपाल खबर

काठमाडौं

२०७४ कात्तिकमा मलेसियाको क्वालालम्पुरमा भएको एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता नेपाली क्रिकेटको इतिहासमा स्मरणीय छ।

यही प्रतियोगितामा पहिलोपल्ट नेपालले विश्व क्रिकेटको पावरहाउस भारतमाथि १९ रनको जित हात पारेको थियो। अहिलेसम्म भारतका कुनैपनि टोलीमाथि नेपालले जित हात पारेको यही एक खेल हो।

भारतीय टोलीको प्रशिक्षक थिए– चर्चित खेलाडी राहुल द्रविड। द्रविडको टोलीविरुद्ध विनोद दासबाट प्रशिक्षित नेपाली खेलाडीहरुले गरेको बहादुरीपूर्ण प्रदर्शनलाई अझैपनि थुप्रै क्रिकेटप्रेमीले भुल्न सकेका छैनन्।

भारतमाथिको त्यही ऐतिहासिक जितका दर्ज गर्ने क्रममा नेपाली टोलीको ओपनिङ ब्याटिङ सम्हालेका थिए, जितेन्द्रसिंह ठकुरीले।

उनले भारतीय अनुभवी बलरअघि लामो समय क्रिजमा रहँदै ९५ बल खेलेर ३६ रन जोडेका थिए। जसले नेपाली टोलीको आत्मविश्वास बढाएको थियो।

प्रकाशित मिति: : 2021-04-04 17:11:00

प्रतिकृया दिनुहोस्