सांसदहरूले औषधि उपचार खर्चबापत बुझे ५४ लाख, ५ सय रुपैयाँको पनि बिल पेश !

लोकान्तर

काठमाडौं

आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म संघीय संसद्का सांसदहरूले औषधि उपचार खर्चबापत ५४ लाख ६० हजार १६ रुपैयाँ बुझेका छन्।

संघीय संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७७/०७८ को चैत्र १५ गते सम्ममा २ सय ६५ जना  सांसदहरूले उक्त रकम बुझेका छन्।

आर्थिक वर्ष २०७५/०७६ देखि २०७६/०७७ सम्म कुल २२८ जना सांसदले ३८ लाख ६८ हजार ८१५ रुपैयाँ बुझेका छन् भने आर्थिक वर्ष २०७७/०७८ को चैत १५ गते सम्ममा २७ जनाले १५ लाख ९१ हजार २०१ रुपैयाँ बुझेका छन् । 

सांसदहरूले एकपटकमा न्यूनतम ५ सय रुपैयाँदेखि अधिकतम २ लाख ५६ हजार १४३ रुपैयाँसम्म बुझेको देखिन्छ । कतिपय सांसदले भने पटक-पटक समेत रकम बुझेका छन्। 

प्रकाशित मिति: : 2021-04-04 11:24:00

प्रतिकृया दिनुहोस्