बुधबार, १७ डिसेम्बर २०२५

सारालाई दर्शकको प्रश्न- 'ब्लाउज कसरी अडियो?' 

News Image
• • •

बलिउड अभेनेत्री सारा अली खान बेलाबेखत पहिरनको कारण चर्चामा आईरहन्छिन्। 

हालै फोटोग्राफर विरल भयानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा साराका तीन तस्वीर सेयर गरेका छन्। तस्वीरमा साराले चर्चित डिजाइनर मनिष मल्होत्राको ब्याकलेस ड्रेस (ब्याकलेस लेहेङ्गा ब्लाउज) लगाएकी छिन्।

तर उनको तस्वीरलाई लिएर सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले भाईरल बनाएका छन्। यहाँसम्म कि प्रयोगकर्ताले मनिष मल्होत्रालाईपनि ट्रोलिङ गरेका छन्। 

एक प्रयोगकर्ताले लेखेका छन्,  ‘थोरै कपडा ब्लाउजमापनि राखिदिएको भए !’

त्यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, 'यस्तो वाहियात ब्लाउज कुन बेहुलीले लगाउलान्?’

सारा र डिजाइनरलाई ट्रोल गर्दै दर्शकले सोधेका छन्- 'ब्लाउज कसरी अडियो?' 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!