ह्वाइट हाउसले झण्डा आधा झुकायो

बिएल संवाददाता

वासिङ्टन डीसी

क्यापिटल हिलमा शुक्रबार भएको दुर्घटनामा परी ज्यान गुमाएका प्रहरी अधिकारीप्रति उपराष्ट्रपति कमला ह्यारिसले दुख व्यक्त गरेकी छन्।

एक अज्ञात व्यक्तिले कार सिधै पुलिस बेरिकेटमा ठोकाएका थिए। कारले प्रहरीलाई किच्दा १८ बर्षदेखि प्रहरीमा कार्यरत विलियम इबासको मृत्यु भएको थियो। त्यस्तै प्रहरीको गोलीबाट आक्रमणकारीको पनि मृत्यु भईसकेको छ।

सो घटनापश्चात मृतक इबासप्रति सम्मान व्यक्त गर्दै ह्वाइट हाउसले झण्डा आधा झुकाएको छ। उपराष्ट्रपति ह्यारिसले प्रहरी अधिकारी इबासको बलिदानलाई अमेरिकाले सधैँ सम्झने बताईन्।

उनले भनेकी छन्, 'यो दुर्घटनाबाट सबै दुखी छन्। उनको परिवारमा समवेदना प्रकट गर्दछौ।'



जब अज्ञात कारले सिधै गएर प्रहरी बेरिकेटलाई ठोक्याे... 

प्रकाशित मिति: : 2021-04-03 19:33:00

प्रतिकृया दिनुहोस्