जब अज्ञात कारले सिधै गएर प्रहरी बेरिकेटलाई ठोक्याे... 

किचिएका प्रहरीसहित चालकको मृत्यु

बिएल संवाददाता

वासिङ्टन डीसी

क्यापिटल हिल क्षेत्रमा शुक्रबार दिउँसो एक संदिग्ध कारले प्रहरी बेरिकेटमा सिधै आएर ठक्कर दिएको छ।

ठक्कर दिदाँ एक जना प्रहरी अधिकारीको मृत्यु भएकोे छ भने अर्का घाइते भएका छन्। घाइतेको अवस्थामा चिन्ताजनक छ। कारले उनीहरु दुवैलाई किचेको थियो।

प्रहरीको गोलिले चलाउँदा कार चालकको पनि मृत्यु भएको छ। प्रत्यक्षदर्शीहरुका अनुसार क्यापिटल (संसद भवन) अगाडी प्रहरी बेरिकेटलाई कारले ठक्कर दिए२ प्रहरी अधिकारीलाई कुल्चेपछि चालक  हातमा चक्कु लिएर बाहिर निस्केका थिए। जसलाई प्रहरीले गोलि चलाएका थियो।

क्यापिटल पुलिसका कार्यकारी प्रमुख वाई पिटम्यानले मृत्यु हुने प्रहरी र अभियुक्तको परिचय भने खुलाएका छैनन्। उक्त घटनापछि क्यापिटल हिल क्षेत्रमा लक डाउन भएको छ। 

उक्त क्षेत्रमा यसअघि पनि जनवरी ६ मा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका अन्ध समर्थकहरुले हुलदङ्गा मच्चाउदा प्रहरी अधिकारी ब्रायन सिकनिकसहित पाँच जनाले ज्यान गुमाएका थिए।

घटनाको बारेमा अनुसन्धान गरिरहेका एफबीआइ प्रमुख क्रिस्टोफर रे ले शुक्रबार भएको घटना घरेलु आतंकवादको परिणाम भएको उल्लेख गरेका छन्।  

प्रकाशित मिति: : 2021-04-03 06:41:00

प्रतिकृया दिनुहोस्