प्रधानमन्त्री ओलीद्वारा एकैदिन १६५ सडकको शिलान्यास

File photo
File photo

प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुनेगरी १६५ सडकको शिलान्यास गरेका हुन्। ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्नेगरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

एक सय ६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो। प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गरेका छन्। 

उनले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिए। उनका अनुसार ६२८ वटा सडक पुल ९झोलुङ्गे० पुलबाहेक निर्माण भएका छन्। 

    

प्रकाशित मिति: : 2021-04-03 15:21:00

प्रतिकृया दिनुहोस्