प्राचीनकालको हिन्दु धर्म, के आजभन्दा बेग्लै थियो?

हजार बर्षअघि आजको भारत निकै भिन्न थियो।

यतिबेला मध्य–एसियाका मुस्लिम सरदारले उत्तर भारतमा हमला गरिसकेका थिएनन्। भारतीय माझी मनसुनी हावाको फाइदा उठाउँदै भारतीय भूमिदेखि दक्षिण–पूर्वी एसियासम्मको यात्रा गर्थे। जब जाडोमा हावाको बहाव परिवर्तन हुन्थ्यो, यसको सहयोगले उनीहरू भारत फर्किने गर्थे। यो यात्रा धेरै वर्षअघि सुरु भएको थियो, सम्भवतः २५ सय वर्षअघि बुद्धकाल देखिनै। 

सुरुवाती दिनमा ओडिशा र बंगालका मानिस यस्तो यात्रामा निस्किने गर्थे। १० औं सताब्दीयता चोल सम्राज्यमा तमिलनाडुका मानिस पनि यस्तो यात्रामा निस्किन थाले। चोल सम्राज्यमा त यस्तो यात्रा उत्कर्षमा पुगेको थियो। 

यसबेला हिन्दु धर्म पनि निकै भिन्न थियो– भौतिक सफलता अर्थात अर्थ तथा भौतिक सुख सुविधा प्राप्तीलाई निकै महत्व दिने गरिन्थ्यो। यस्तो सफलता तथा सुख राजसी व्यवस्था अर्थात धर्मको मार्गदर्शन एव यसको सहयोगले प्राप्त हुन्थ्यो। 

दक्षिण भारतमा रामानुज र माधव जस्ता वेदान्त आचार्यको उदयपछि पछिल्लो एक हजार वर्षमा हिन्दु धर्ममा मुक्ति अर्थात मोक्ष प्राप्तिलाई दिइएको प्राथमिकता यो कालमा देखा पर्दैन। भक्ति आजको हिन्दु धर्मको आधारशीला हो तर त्यो कालमा यस्तो थिएन। 

यो हामीलाई ती कालको हिन्दु धर्मबाट थाहा हुन्छ, जो समुन्द्र–व्यापारीसँगै दक्षिण–पूर्वी एसियाको आजको कम्बोडिया, थाइल्याण्ड र इन्डोनेसियासम्म पुगे। यी हिन्दु धर्मको स्वरुप हामी ८ सय र १४ सय इस्वीको बीच निर्मित भब्य परियोजनाबाट बुझ्न सक्छौं। यी आज बौद्धिस्ट देश बनेका छन्, जहाँ प्राचिनकालमा हिन्दु धर्म थियो। यी अधिकांश देशमा इतिहासकारले संस्कृतिको धेरै कुरा भेटेका छन्। जसमा पहिलो त एक स्वदेशी जनजातीय संस्कृति, यसपछि हिन्दु धर्मबाट प्रभावित संस्कृति, जुन प्रायः बौद्ध धर्मसँग मिलेको देखिन्छ। यो बौद्ध धर्म धेरैजसो शास्त्र र टाउको भएको बोधिसत्वका उत्तरकालीन महायान बौद्ध धर्म हुने गर्दथ्यो। योसँगै यहाँ अत्याधिक औपचारिक तथा कम देखावटी भएको महायान बौद्ध धर्म देखिन थाल्यो। 

कम्बोडियाको प्रसिद्ध अंकुरवाटक मन्दिर
तस्वीर: कम्बोडियाको प्रसिद्ध अंकुरवाट मन्दिर 

इन्डोनेसिया जस्तो केही देशमा १४ औं सताब्दीपछि बौद्ध धर्मको स्थान इस्लामले लियो। तर, मुस्लिम कट्टरवादीको भनाईमा भारतबाट प्रभावित सुफी मुस्लिम पुग्नुअघि नै यहाँ शुद्ध मुस्लिम ९ औं सताब्दीभन्दा पहिले पुगिसकेका थिए। 

अंकोरवाटको खण्डहर, बालीमा रामायणको प्रदर्शन र थाइल्याण्डमा भब्य बौद्ध बिहारबाट जहाँ राजाहरूलाई राम र राजधानीलाई अयोध्याको नाम दिने गरिन्थ्यो, हामीले यहाँ शिव, विष्णु, कृष्ण, राम, इन्द्र र ब्रह्मा जस्ता देउतासँग आत्मियता देख्नसक्छौं। योसँगै रामायण, महाभारतको महाकाब्य, क्षीरसागर र मन्दरा पर्वत, यतिसम्मकी हिन्दु र बौद्ध धर्मको स्वर्ग, नर्क र नागलोकको पौराणिक धारणासँग पनि आत्मियता देखिन्छ। तर, यहाँका कम प्रतिमामा देवीको पुजाका साथै परिचय देखिन्छ। बालीमा रक्त पिउने दानव रानी रांगडाको कहानी कालीको कथासँग केही हदसम्म मेल खान्छ। तर यहाँ उनको नकारात्मक स्वरुप छ र राम्रो आत्मा भएका नेता ‘बारोंग’ ले उनलाई हराउँछन्। 

भक्तिको अनुपस्थिति स्पष्ट छ। यहाँ न दक्षिण भारतमा भक्तिको परिचय दिने अलवार र नयनार जस्ता कविको जोशीलो गीत छ, न कृष्णको राधा वा रामलीला छ। न माधुर्य–भाव अर्थात प्रेम छ, न विरह–भक्तिको कथा। मात्र युद्ध एव प्रकृति तथा सत्रुसँग विजय हात पारेको छवी छ। 

अगस्त्य तथा कौडिन्य जस्ता साहसिक ब्राह्मण–पुजारीले यस देशको यात्रा गरेका थिए र सफलता प्राप्त गरेका थिए। केही प्राचिन किंवदन्तीअनुसार उनीहरूले स्थानीय नाग राजकुमारीसँग विवाह गरेका थिए। स्थानीय राजालाई सक्षम बनाएर, रहस्यमय शिवसँग सम्बन्धित तान्त्रिक साधानाको माध्यमले भाग्य बढाउने उर्जालाई आकर्षित गर्दै तथा विष्णुको माध्यमबाट व्यवस्था निर्माण गरेर उनीहरूले आफ्नो प्रतिष्ठा स्थापित गरे। यसबाट हामीले समय तथा स्थानको सहयोगले हिन्दु विचारमा आएको परिवर्तनको विषय बुझ्न सक्छौं।

(पटनायक प्राचीन भारतीय धर्मशास्त्रका लेखक हुन्।) 



योगी विकासानन्द भन्छन्, ‘अमीताभ बच्चनको मन पनि सन्तुष्ट छैन’

किन भारतले निजगढ एयरपोर्ट बन्न दिन्न?

रमेश क्षितिज: जो अक्षरहरुबाट टाढा रहने कल्पनापनि गर्दैनन् (अन्तर्वार्ता)

प्रकाशित मिति: : 2021-04-03 14:28:00

प्रतिकृया दिनुहोस्