सोमबार, १५ डिसेम्बर २०२५

अपराह्नपछि मेघगर्जनसहित वर्षा हुन सक्ने 

News Image
• • •

देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। 

बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भू–भागमा वर्षाको सम्भावना देखिएको हो। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यातया सफा रहेको छ।

दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!