पहिरनका नाममा विद्यार्थीमाथि सेन्ट मेरिजको अत्याचार

शिलापत्र

काठमाडौँ

सागर चन्द

सोमबार (२३ चैत) देखि स्कुल जानु छ जुनेली (परिवर्तित नाम) लाई । ललितपुरको सेन्ट मेरिज स्कुलमा कक्षा ११ मा पढ्ने जुनेलीलाई स्कुल जान पटक्कै मन छैन । आफ्नै रहरले सेन्ट मेरिजमा भर्ना भएकी उनलाई आजभोलि भने स्कुल जानै नपरे हुन्थ्यो जस्तो लाग्न थालेको छ ।

कारण ?

उनको छोटो कपाल । सेन्ट मेरिजले छोटो कपाल भएका विद्यार्थीलाई स्कुलबाट निकालिदिने धम्की दिएको छ । ६ चैत विद्यालयको प्रागंणमा नियमित प्रार्थना चलिरहेको थियो । 

प्रार्थनासभाको बीचमै आइपुगिन्, प्रधानाध्यापक सिस्टर मरियड । प्रधानाध्यापक मरियडले छोटो कपाल भएका सबै छात्रालाई अगाडि आउन उर्दी जारी गरिन् । ‘प्रिन्सिपलले बोलाएपछि हामी अगाडि गयौं,’ उनले सुनाइन्, ‘छोटो कपाल भएका ५ कक्षाका बहिनीदेखि १२ कक्षाका दिदीलाई अगाडि उभ्याइयो ।’

त्यसपछि प्रधानाध्यापक मरियडले छोटो कपाल भएका छात्राहरूलाई होच्याउँदै भनिन्, ‘तिमीहरूलाई केटी भएकोमा गर्व लाग्दैन ? किन कपाल छोटो बनाएको ? तिमीहरूलाई आफ्नो लैगिंकतामाथि शंका छ ?’

प्रकाशित मिति: : 2021-04-02 21:46:00

प्रतिकृया दिनुहोस्