ओलीले संसदसँग प्रतिशोध साँध्दा देउवा किन मौन ?

बाह्रखरी

काठमाडाै‌ं

प्रतिनिधिसभा विघटन हुँदा सबैभन्दा पहिले प्रधानमन्त्रीको कदम असंवैधानिक भनेर निर्णय गरेका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनःस्थापना पछि सर्वोच्च अदालतलाई धन्यवाद दिँदै विज्ञप्ति जारी गरेका थिए।

प्रतिनिधिसभा विघटन भएकै दिन असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गरेको अनि संसद पुनःस्थापना भएकै दिन संविधानवादको रक्षा गरिदिएको भन्दै सर्वोच्चलाई धन्यवाद दिएर विज्ञप्ति जारी गरेको प्रतिपक्षी दल कांग्रेसको संसदमा भने प्रभावकारी उपस्थिति छैन।

प्रतिपक्षी दलका नेता एवम् कांग्रेस सभापति शेरबहादुर देउवा संसदको बैठकमा एकदिन मात्र उपस्थित भए। प्रतिपक्षी दलको संसद विघटन विरुद्धको पहिलो दिनकै निर्णय हेर्दा प्रतिनिधिसभा पुनःस्र्थापना हुँदा प्रतिपक्षी दलले जितका रुपमा मनाउनु पर्ने हो।

तात्कालीन सत्तारुढ दल नेकपाको प्रचण्ड–नेपाल पक्षले देशभर विजय र्याली निकाले पनि कांग्रेसले भने पार्टीगत रुपमा कुनै कार्यक्रम राखेन। संसद्मा प्रधानमन्त्री ओलीले उपस्थिति नै जनाएनन्।

कांग्रेसले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री नैतिकताका आधारमा त्यो पदमा बसिरहन मिल्छ कि मिल्दैन भनेर प्रश्न त उठायो तर प्रतिपक्षी दलका नेता स्वयंको उपस्थिति र प्रस्तुति संसद् र नागरिकले थाहा पाएनन्।

प्रकाशित मिति: : 2021-04-02 16:57:00

प्रतिकृया दिनुहोस्