बर्दियामा बाघ : संख्या बढ्यो, असुरक्षा पनि बढ्यो

अनलाइनखबर

काठमाडौं

१६ चैत २०७७ बिहान ५ बजे घर नजिकैको खेतमा पानी लगाउन गएका बर्दिया गेरूवा नगरपालिका १ जनकनगरका ३५ वर्षीय चुलाराम थारू पाटे बाघको आक्रमणमा परे। थारूको टाउको, कान र ढाडमा गहिरो चोट लागेको छ।

घाइते थारूलाई आफन्तले एम्बुलेन्समा हालेर तत्कालै नेपालगञ्ज पुर्‍याएका थिए। नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जको आईसीयू वार्डमा उपचाररत थारूले घटना विवरण सुनाउँदै भने- चैत महिना धान रोप्ने सिजन छ।

खेतमा सिँचाइ गर्न गएको थिएँ। पानी लगाएपछि नजिकैको झाडीतिर दिसा गर्न जान लागेको थिएँ। झाडीमा बाघ बसेको रहेछ। एक्कासी मलाई आक्रमण  गर्‍यो। जोडले चिच्चाएँ। नजिकैका छिमेकीले होहल्ला गरेर बाघ लखेटेकाले म बाच्न सकेँ।’

अस्पतालका सहायक निर्देशक डा. रोमन किदवाइका भनाइमा पनि थारूको टाउको, कान र ढाडमा चोट लागेको  छ। उनी भन्छन्, ‘आईसीयुमा भर्ना गरेर उपचार गरिरहेका छौं। बिरामी होसमै हुनुहुन्छ। अस्पतालको तर्फबाट निको पार्न हरसम्भव कोसिस गरिरहेका छौं।’

प्रकाशित मिति: : 2021-04-02 10:27:00

प्रतिकृया दिनुहोस्