परिवार र छिमेकीसँग घुलमिल हुन थाले दुर्गाप्रसाद, भने, 'जबर्जस्ती रक्सी खुवाएर फसाए' [भिडियोसहित]

शिलापत्र

काठमाडौं

भारतको कोलकातास्थित दमदम जेलमा ४० वर्ष थुनिएका इलामको माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना परिवार र छरछिमेकीसँग घुलमिल हुन थालेका छन्।

तिम्सिना आफू जेल कसरी परेको भन्नेबारे परिवार र छरछिमेकीलाई सुनाउन थालेको उनका भतिजा गोपाल तिम्सिनाले जानकारी दिए।

दुर्गाप्रसादले आफू निर्दोष भएको र दार्जिलिङका प्रकाश नाम गरेका व्यक्तिले जबर्जस्ती फसाएको परिवारसँग बताएका छन्।

दुर्गाप्रसाद घरबाट काम खोेज्न पहिला झापाको शनिश्चरे आएको परिवारसँग बताउँछन्।

झापाबाट दुर्गाप्रसाद काम खोज्न विराटनगर हुँदै काँकडभिट्टा भएर भारत पसेको परिवारलाई सुनाएको भतिजा गोपालले बताए। 

गोपालका अनुसार दुर्गाप्रसादले आफूलाई रक्सी खुवाएर प्रकाश भन्ने व्यक्तिले फसाएको र आफू निर्दोष भएको सुनाएको बताए। 

प्रकाशित मिति: : 2021-04-01 17:01:00

प्रतिकृया दिनुहोस्