कोरोनाको ‘हट स्पट’ बन्दै शैक्षिक संस्था

गत साता पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएको छ।

सहायक क्याम्पसप्रमुख गोपालप्रसाद घिमिरेका अनुसार संक्रमण देखिएका करिब ८० विद्यार्थी अहिले क्वारेन्टिनमा छन् । बिई चौथो वर्षको परीक्षा सञ्चालन भइरहेको छ।

संक्रमित विद्यार्थीलाई छुट्टै कोठामा स्वास्थ्य मापदण्ड अपनाएर सहभागी गराइएको छ ।

प्रकाशित मिति: : 2021-04-01 07:51:00

प्रतिकृया दिनुहोस्