सरकारले भक्तपुरमा आधुनिक सेवा सुविधासहित ‘आग्नेय’ सहर निर्माण गर्दै छ।
काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या तथा सहरीकरणलाई व्यवस्थित गर्न नगरहरुको पुनर्निर्माण, विस्तार र विकासका योजनाबद्ध भौतिक विकास गर्ने योजनाका साथ नयाँ सहरको अवधारणा ल्याइएको हो।
सर्वसाधारणलाई आवश्यक सेवा सुविधा पुर्याउन र भएका सुविधा समेत बढ्ने गरी सहर निर्माण गर्न लागिएको हो।