सर्वोच्च शिखर आरोहण प्रयासका १०० वर्ष : सगरमाथामा करिब ३०० शव र १८० टन फोहोर

ठीक १०० वर्षअघि सन् १९२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहणको पहल सुरु भएको थियो।

सन् १९२४ मा आरोहणमा गएको अमेरिकी टोलीका दुई सदस्य २७ हजार ६ सय फिटको उचाइमा पुगेर बेपत्ता भए। जिएल मालोरीको शव ७५ वर्षपछि सन् १९९९ मा भेटियो भने एन्ड्र्यु अरभिनको शव अहिलेसम्म बेपत्ता छ। सगरमाथामा अहिलेसम्म तीन सय ५० को मृत्यु भएको छ, जसमध्ये करिब तीन सय शव हिउँमै रहेको अनुमान छ।

सगरमाथासहित अन्य ६ हिमालमा रहेका शव र फोहोर संकलन गर्न नेपाली सेनाले डेढमहिने अभियान सञ्चालन गर्दै छ। यसपटक ३५ टन फोहोर संकलन गर्ने लक्ष्य छ।

सगरमाथा, ल्होत्से, मकालु, अमादब्लम, पुमोरी र धौलागिरि हिमालबाट फोहोर तथा शव संकलन गर्न सेना र शेर्पाको एक सय १२ सदस्यीय टोली परिचालन हुँदै छ। 

प्रकाशित मिति: : 2021-03-31 06:35:00

प्रतिकृया दिनुहोस्