‘तानाशाह’ आरोपित प्रधानमन्त्रीसँग बालुवाटारमा दुई घण्टा

लोकान्तर

काठमाडौं

गएको शनिवार बिहान साढे ११ बजेका लागि प्रधामनन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको समय तय भएको थियो।

साढे ११ भन्दा अगावै क्यामेरा सेट गर्नुपर्ने भएकोले हामी ११ बजेर ५ मिनेटमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्‍यौं।

उपप्रधानन्त्री ईश्वर पोखरेल र अन्य कुनै मन्त्री केही जरुरी कामले आएका कारण अन्तर्वार्ता केही ढिला हुने भयो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, प्रेस संयोजक रामशरण बजगाईं र प्रधानमन्त्रीका फोटोग्राफर राजन काफ्ले लगायतसँग हाम्रो भेट भैसकेको थियो।

केहीबेर उनीहरूसँग अन्तर्वार्ता गर्ने कोठामा चिया खाँदै समसामयिक विषयमा छलफल भयो । नेकपा एमालेकी सांसद मनकुमारी जिसी पनि केहीबेर त्यही कार्यकक्षमा थिइन्। 

प्रकाशित मिति: : 2021-03-30 17:20:00

प्रतिकृया दिनुहोस्