८३ वर्षीय हलिउड अभिनेता क्रिस्टोफर लॉइड 'सिनियर मोमेन्ट'मा देखिदै

हलिउड पुराना अभिनेता क्रिस्टोफर लॉइडले आफु लाई दर्शकले स्वीकार गरे सम्म अभिनय गर्न नछोड्ने बताएका छन्।

गार्डियन पत्रिकासँग कुरा गर्दै अभिनेता लॉइडले भने, 'आफुभन्दा कम उमेरका कलाकारसँग काम गर्दा मलाई तरुनो भएको अनुभव हुन्छ। म २० सेकेन्डको लागिपनि अभिनय गर्न तयार छु।' 

उनी नयाँ रोमान्टिक कमेडी चलचित्र 'सिनियर मोमेन्ट' देखिदैछन्। 

उनले कम उमेरका नायिकाहरुसँग अभिनय गर्दा कम उमेरका नायकहरुले रिस गर्ने हुन् कि भन्दै हाँस्द भने, 'मलाई दर्शको भन्दा सहकर्मी हरु सँग डर लाग्छ।' 

२२ अक्टुबर १९३८ मा स्टामफोर्ड, कनेक्टिकटमा जन्मेका अभिनेता लॉइडले थुप्रै सफल चलचित्रहरु दिएका छन्। जसमा 'नोबड़ी', 'द पेज मास्टर', 'सान्ता बडिज', 'द ड्रिम टिम' आदि पर्दछन्।

उनले हालसम्म पाँच पटक विवाह गरेपनि सबै सम्बन्धहरु टुटिसकेका छन्। कहिलेकाहीँ उनी महिलाहरुसँग को सम्बन्धको कारण विवादित पनि बन्छन्। 

प्रकाशित मिति: : 2021-03-30 09:28:00

प्रतिकृया दिनुहोस्