स्थानीयले अर्थमन्त्रीको विरोध गर्दा सीडीओ र एसपीको सरुवा

६ महिना नपुग्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुखहरुको सरुवा गरिएको छ। 

अर्थमन्त्री विष्णु पौडेलको विषयलाई लिएर उनीहरुको सरुवा गरिएको हो। 

गत फागुन २१ गते बुटवलको रानीगन्जमा मोतिपूर औद्योगिक क्षेत्रको शिलान्यासमा स्थानीयले गरेको विरोध गरेका थिए। जसमा अर्थमन्त्री विष्णु पौडेल दुई मिनेट पनि बोल्न नपाई कार्यक्रम छाडेर हिडे। 

त्यतीबेला उनी जिल्लाको सुरक्षा संयमता देखेर आक्रोशित पनि भएका थिए। सोही रिसमा पौडेलले गृहमन्त्रालयलाई सीडीओ र सुरक्षा प्रमुखहरुलाई सरुवा गर्न दबाब दिएको बुझिएको छ। 

गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरेलाई पर्सा सरुवा गरेको छ। यसैगरी रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेललाई पनि ६ महिना नपुग्दै सरुवा गरिएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक भरत खनियालाई पनि हटाइएको छ।

प्रकाशित मिति: : 2021-03-30 07:49:00

प्रतिकृया दिनुहोस्