एनआईसी एशिया बैंकले गर्यो १० लाखको बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुको लागि नयाँ सुविधा ल्याएको छ।

बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अन्तर्गत घातक रोगको उपचार वापत रू १० लाख बीमा रकम भुक्तानी गरेको छ। 

बैंकको काठमाडौं जिल्लास्थित डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी को खाता खोलेकी पानीपोखरी निवासी ५० वर्षिय आरती मानन्धरलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको हो।

बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको थियो। 

हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ। 

प्रकाशित मिति: : 2021-03-30 06:16:00

प्रतिकृया दिनुहोस्