किन उल्झनमा पर्छन् ठूला आयोजना ?

हिमाल खबर

काठमाडाै‌ं

 गोपीनाथ मैनाली  

पूर्वदेखि पश्चिमसम्मका तराईका जनताको जीवनस्तर उकास्ने उद्देश्यले हुलाकी राजमार्गको निर्माण शुरू भएको एक दशक भइसकेको छ। तराईका २१ जिल्ला समेट्ने राष्ट्रिय गौरवको यो आयोजनाको निर्माण २०६६/६७ देखि शुरू भएको हो। तर, राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइएको यो सडक निर्माण अझै पूरा भएको छैन। 

खासमा, हुलाकी मार्गको अवधारणा विकास भएको वि.सं. २००२ तिरै हो। राणा प्रधानमन्त्री पद्मशमशेरको पालामा हुलाकका पत्र–पुलिन्दा ओसारपसार गर्ने समथर तराईको ट्र्याकलाई फराकिलो बाटो बनाउने सपना अनुसार हुलाकी सडकको परिकल्पना गरिएको थियो। यस अर्थमा, आयोजनाले अवधारणा पाएको साढे सात दशक भइसक्दा पनि तराईका सर्वसाधारणले यो सडक उपयोग गर्न पाएका छैनन्। 

लामो समय पर्खाएको राष्ट्रिय गौरवको अर्को आयोजना हो, मेलम्ची। यो खानेपानी आयोजनाको चर्चा हुन थालेको दशकौं भइसकेको छ। काठमाडौंको बढ्दो आवादीको तिर्खा मेटाउन परम्परागत पानी आपूर्ति प्रणाली र हिटी–पोखरीले नसक्ने भएपछि मेलम्ची सपना बनेको थियो। सन् १९७३ मा बेलायतको अन्तर्राष्ट्रिय संस्था बिन्नी एन्ड पार्टनर्सले सम्भाव्यता अध्ययन गरी यो आयोजना निर्माण गर्न सकिने निर्क्योल अर्को वर्ष गरिएको थियो। 
 

प्रकाशित मिति: : 2021-03-28 15:11:00

प्रतिकृया दिनुहोस्