किन फरक छ तराई र पहाडको होली ?

रातोपाटी

काठमाडौं

नेपाल साँस्कृतिक विविधता भएको देश हो। यहाँ भूगोल, जात, धर्म, समुदायका अनुसार फरक–फरक सँस्कृति पाइन्छ। यसमध्ये होली एउटा यस्तो पर्व हो, जुन देशैभरि मनाइन्छ। तर, पहाडमा एकदिन अघि र मधेसमा एकदिन पछि।

कतिपय यस्ता पर्वहरू छन् जुन फरक भुगोल, जात, धर्म, समुदायका भएपनि साझा रुपमा एकै दिन मनाइन्छ। जस्तै–दशैं, तिहार, छठ, रक्षाबन्धन, तीजलगायतका पर्वहरु हिमाल, पहाड तराईमा एकै दिन मनाइन्छ।

तर, होलीचाहिँ देशैभरि मनाइने पर्व भएपनि तराई र पहाडमा फरक–फरक दिन मनाउने गरिन्छ। तराई र पहाडमा फरक–फरक दिनमा मनाइने होलीका आ–आफ्नै दन्त्यकथा, मान्यता एवं परम्परा छन्।

‘विष्णुपुराण’ अनुसार, ‘दैत्यराज’ हिरण्यकश्यपुले आफ्नो राज्यमा ‘भगवान् विष्णु’ को पूजापाठमा प्रतिबन्ध लगाएर आफूलाई भगवान घोषित गरी प्रजालाई आफ्नो पूजा गर्न निर्देशन दिएपछि उनका आफ्नै छोरा प्रल्हादले त्यसको अवज्ञा गरेर भगवान विष्णुको पूजा गरिरहे।

आफ्नै छोरा प्रह्लादले आज्ञा नमानेपछि हिरण्यकश्यपुले रिसले बहिनी ‘होलिका’ को माध्यमबाट प्रल्हादलाई जलाएर मार्ने प्रयास गरे।

‘ब्रह्मा’ बाट आगोमा नजल्ने ‘बरदान’ पाएकी ‘होलिका’ ले प्रल्हादलाई काखमा राखेर आगोमा बसिन्। तर, आगोमा उल्टै ‘होलिका’ नै जलेर भष्म भइन्, प्रह्लाद जीवितै रहे। त्यसैलाई होलिका दहन भनिन्छ र होलिका दहनको भोलिपल्ट रंग अबीर लगाएर होली खेल्ने गरिन्छ।

प्रकाशित मिति: : 2021-03-28 10:28:00

प्रतिकृया दिनुहोस्