सोमबार, १५ डिसेम्बर २०२५

काठमाडौंको बेग्लै होली

हिमाल खबर

हिमाल खबर

काठमाडौँ
News Image
• • •

फागु पूर्णिमाको सात दिनअघि हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठकअगाडि तीन छत्रे चीर ठड्याइन्छ।

त्यसपछि औपचारिक रूपमा होली पर्व शुरू भएको मानिन्छ। चीर गाडेर होली खेल्ने परम्परा पुरानै हो। तीन छत्रे चीरको परम्परा भने गोरखा राज्यबाट शुरू भएको हो। काठमाडौं उपत्यकामा गोरखाली राजा पृथ्वीनारायण शाहको सत्ता स्थापनासँगै यो परम्परा यता स्थानान्तरण भयो।

चीरलाई तत्कालीन राजनीतिको प्रतीक मानिन्छ। लमजुङ, पर्वत लगायत छिमेकी राज्यसँग गोरखा राज्यको मिल्ती थिएन। उनीहरूभन्दा आफू उच्च भएको देखाउन गोरखाले तीन छत्रे चीर ठड्याउँथ्यो। कथंकदाचित् कसैले यस्तो चीर ठड्यायो भने गोरखाली सेना गएर च्यातच्युत पार्दिन्थ्यो। पछि ती राज्य गोरखामा गाभिएसँगै चीर ठड्याउन चलन हरायो। काठमाडौंमा भने तीन छत्रे चीर होलीको प्रतीक बन्यो।
 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!