तीन मानव तस्करसहित अवैध रुपमा अमेरिका प्रवेश गर्ने मौका कुरेर बसेका ८७ जना पक्राउ 

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : CFR.org
Photo : CFR.org

अवैध रुपमा अमेरिका छिर्नको लागी भनेर मानव तस्करहरुले तयार अवस्थामा राखेका ८७ जनालाई मेक्सिकन प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई मेक्सिकन प्रहरीले शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेका नागरिकहरु दक्षिण अमेरिकी राष्ट्र होण्डुरस, एल साल्भाडोर, ग्वाटेमाला र निकारागुवाका रहेका छन्। जसमा ४५ महिला, २६ पुरुष र १६ बालबालिका छन्।

उनीहरुलाई अमेरिका छिर्ने मौकाको प्रतिक्षा गराएर अमेरिकाको एरिजोना राज्यको सिमा मेक्सिकोको सेन लुइस पोटेसी नामक गाउँको एक घरमा राखिएको थियो।

अमेरिकी अदालतद्वारा छात्राको यौन शोषण मुद्धामा १३ हजार करोड क्षतिपूर्तिको आदेश

उनीहरुसँगै मेक्सिकन प्रहरीले तीन मानव तस्करलाई पनि पक्राउ गरेको छ। अमेरिकामा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि मानव तस्करहरुको गतिविधी बढेको होम ल्याण्ड सेकुरिटी ले जनाएको छ।

अमेरिकाको कुल वार्षिक बजेटको करिब ९ प्रतिशत रकम  मानव तस्करहरुको गतिविधीलाई निस्तेज पार्न खर्च हुने भएपनि मेक्सिको सिमाबाट मात्र वार्षिक २ लाख मान्छेहरु अवैध रुपले अमेरिका छिर्ने गरेको पाईन्छ। 

प्रकाशित मिति: : 2021-03-27 19:14:00

प्रतिकृया दिनुहोस्