डा. देवेन्द्रराज पाण्डेको राजीनामा दरबारलाई चुनौती!

हिमाल खबर

काठमाडौँ

“महाराजाधिराजको हुकुम छ, प्रधानमन्त्रीको निश्चित कार्यक्रम छ, उनलाई सहयोग गर्नुस्, रोकतोक नगर्नुस्। तर, उनले के–के गर्छन् दरबारमा सबै रिपोर्ट गर्नुस्,” राजा वीरेन्द्रका संवादसचिव चिरनशमशेर थापाले डा. देवेन्द्रराज पाण्डेलाई भनेछन्। थापा दरबारमा अर्थ, परराष्ट्र, सञ्चार आदि क्षेत्र हेर्थे। डा. पाण्डे अर्थसचिव थिए।

डा. पाण्डेको भर्खरै प्रकाशित पुस्तक ‘एक ज्यान दुई जुनी’ मा उल्लेख भएअनुसार उनीहरू दुई जनाको सम्बन्ध राम्रो थियो। तर, जनमतसंग्रहको सिलसिलामा नारायणहिटी राजदरबारमा बोलाएर थापाले यस्तो सुनाउँदा पाण्डे निराश भए।

उनले लेखेका छन्, “राजाको आदेशबाट म दुःखी भएँ, पछिल्लो वाक्यले थप खिन्न तुल्यायो। प्रधानमन्त्री वा हाकिमको छुल्याइँ गर्न मैले जानेको थिइनँ। विडम्बना म बुझ्थें। प्रधानमन्त्रीकै आग्रहमा यो आदेश भएको छ। तर, प्रधानमन्त्रीलाई नै के थाहा? उनी जस्तालाई पनि दरबारले उपयोग गर्ने हो, विश्वास गर्ने होइन।”
 

प्रकाशित मिति: : 2021-03-27 11:30:00

प्रतिकृया दिनुहोस्