बिएल संवाददाता
दुबई पारा ब्याडमिन्टन संघको आयोजनमा चैत १४–२३ सम्म दुबईको सहबाब अल–अली दुबई क्लबमा आयोजना हुने तेश्रो फज्जा दुबई पारा ब्याडमिन्टन इन्टरनेशनल–२०२१ प्रतियोगितामा नेपालले पनि प्रतिस्पर्धा गर्ने भएको छ।
च्याम्पियनसिपमा भाग लिने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमका बीच बिदाई गर्यो।
पारा ब्याडमिन्टनमा नेपालको पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो।
ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिता आयोजना नभइरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल प्रतियोगितामा सहभागी हुँदै आइरहेका थिए।
खेलाडीलाई बिदाई गर्ने क्रममा प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले शुभकामना प्रदान गरे।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले नेपालले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाएको भन्दै यसका लागि नेपाल ब्याडमिन्टन संघ, राखेपका सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठको बिशेष पहल रहेको बताए।
दक्षिण एशियाली पारा ब्याडमिन्टन संघका अध्यक्षसमेत रहेका उनले नेपाली खेलाडीले विभिन्न विधामध्ये अहिले एसएल–४ को बिधामा नाम दर्ता गरिए पनि प्रतियोगिताका दौरान खेलाडीको परिक्षण पश्चात कुन बिधामा सहभागिता जनाउन पाउने भन्ने निक्र्यौल हुने बताए।
बिदाई कार्यक्रममा राखेप सदस्य एवं संघका उपाध्यक्ष सुभाष श्रेष्ठ, सचिव नवीन विक्रम शाह र समिर बहादुर सिंह, सदस्य छविलाल शाही, अन्तर्राष्ट्रिय अम्पायर उदय अर्याल, प्रमुख प्रशिक्षक सुदीप योञ्जन, प्रशिक्षक किरण थापालगायतको उपस्थिति थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया