सवा २ अर्बको भ्रष्टाचार मुद्दा खेपिरहेका विक्रम पाण्डेलाई साढे १६ अर्बको नयाँ ठेक्का !

लोकान्तर

काठमाडौं

२अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रूपैयाँको भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री विक्रम पाण्डेले पुरस्कार स्वरूप फेरि अर्बौं रूपैयाँको ठेक्का हात पार्न सफल भएका छन्।

नेपाल सरकारका पूर्वमन्त्री समेत रहेका ठेकेदार पाण्डे विशेष अदालतमा विचाराधीन अवस्थामा रहेको सिक्टा सिँचाए आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा ४ करोड रूपैयाँ धरौटी तारेखमा छन्। उनै पाण्डेले तनहुँ जलविद्युत् आयोजनाको अर्बौं रूपैयाँको नयाँ ठेक्का पाएका हुन्।

तनहुँ जिल्लामा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको नदी फर्काउने, बाँध निर्माण गर्ने, हेडबक्स लगायत पहिलो प्याकेज अन्तर्गतका अन्य संरचना निर्माण गर्नका लागि भियतनाम-कालिका कन्स्ट्रक्सन कम्पनीका तर्फबाट पाण्डेले ज्वाइन्ट भेन्चरमा ठेक्का हात पारेका हुन्।

सोङ्ग दा कर्पोरेसन, भियतनाम-कालिका कन्स्ट्रक्सन प्रा.लि. नेपाल जेभीसँग चैत १० गते ठेक्का सम्झौतामा हस्ताक्षर भएको छ।

प्रकाशित मिति: : 2021-03-26 11:08:00

प्रतिकृया दिनुहोस्