अमेरिकी राष्ट्रपति बाइडेनको पदभार ग्रहणपछि उत्तर कोरियाद्वारा पहिलो पटक मिसाइल परिक्षण 

बिएल संवाददाता

वासिङ्टन डीसी
Photo : Aljazeera.com
Photo : Aljazeera.com

अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि उत्तर कोरियाले बिहिबार पहिलो पटक बैलिस्टिक मिसाइलको परिक्षण गरेको छ। 

उत्तर कोरियाको पूर्वी भागबाट प्रहार गरिएको उक्त मिसाइल समुन्द्रमा खस्नु भन्दा पहिले करिब ४ सय ५० किलोमिटर टाढा सम्म गएको थियो। 

हाल आमेरिका र उत्तर कोरियाबीचको सम्बन्ध चिसो रहेको छ। कोरियाले अमेरिकासँग भएको कुटनीतिक गतिरोधमा बाइडेन प्रशासनलाई दबाब दिन मिसाइल परिक्षण गरेको परराष्ट्रविदहरुले बताएका छन्।

यसअघि उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग उनले अमेरिका, जापान र दक्षिण कोरिया मिलेर आफ्नो देशमा आक्रमण गर्न लागेको बताएका थिए। साथै राष्ट्रपति उनकि बहिनीले पनि अमेरिकी राष्ट्रपति बाइडेनलाई चार वर्षको कार्यकालमा राम्रो सँग निदाउने इच्छा भए उत्तर कोरियासँग दुश्मनी नलिन चेतावनी दिएकी थिईन्। 

प्रकाशित मिति: : 2021-03-26 08:58:00

प्रतिकृया दिनुहोस्