गत चैतदेखि भएको लकडाउनले शिथिल बनेको देशको अर्थतन्त्र विस्तारै बौरन थालेपनि कोरोनाको दोस्रो लहरको त्रासले फेरी झस्काएको छ।
विस्तारै लयमा फर्कन थालेको अर्थतन्त्रमा कतै लकडाउनको डण्डा वर्षने त होइन भन्ने चिन्ता थपिएको छ। पहिलो चरणको कोरोना र त्यसपछिको लकडाउनले अझै पनि कतिपय उद्योगधन्दाहरू ब्यूँझन सकेका छैनन् भने पर्यटन उद्योगले त झनै गति लिन सकेको छैन।
कोरोनाकै कारण इतिहासमै कमजोर आर्थिक बृद्धिदर भोगेको नेपालको लागि दोस्रो चरणको कोरोना र त्यसले निम्त्याउन सक्ने लकडाउन झनै घातक हुने देखिएको विज्ञहरुले बताएका छन्।