सोमबार, १५ डिसेम्बर २०२५

उद्घाटन गर्न ठिक्क परेको आयोजना निरीक्षणका नाममा सांसदहरूको ३ दिने टूर !

लोकान्तर

लोकान्तर

काठमाडौं
News Image
• • •

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिले निर्माण सम्पन्न भएर उद्घाटनको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अवलोकन गर्ने भएको छ।

संसद सचिवालय सिंहदरबारमा बिहीवार बसेको समितिको बैठकले चैत्र १४ गतेदेखि आयोजनाको स्थलगत अध्ययनका लागि दोलखा भ्रमणमा जाने निर्णय गरेको हो।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ४५६ मेगावाट क्षमताको बहुप्रतिक्षीत माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। निर्माण सम्पन्न भएर आगामी २०७८ वैशाखमा परीक्षण उत्पादन शुरू गर्ने तयारी रहेको ऊर्जा मन्त्रालय स्रोत बताउँछ।

फागुन ३ गते प्रधनमन्त्री बनेको तेस्रो वर्षगाँठको अवसरमा प्रधानमन्त्री ओलीले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको बताएका थिए।

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले चैत अन्तिमदेखि नै तामाकोशीबाट उत्पादन शुरू हुने फागुन २३ गते दाबी गरेका थिए। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!