अवकाशको एक हप्तामै लोकसेवाको उपहार !

गण्डकी प्रदेशका निवर्तमान प्रमुख सचिव विष्णुप्रसाद नेपाल अवकाश पाएको एक हप्ता नपुग्दै प्रदेश लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका छन्।

यही चैत १ गते उमेरहदका कारण अनिवार्य अवकाश लिएका नेपाललाई गण्डकी प्रदेश सरकारले चैत ६ गते अध्यक्षमा नियुक्त गरेको हो। चैतमा अवकाश पाउनुअघि उनलाई गण्डकी सरकारले एक लाख रुपैयाँ राशिको विशिष्ट प्रदेश निजामती कर्मचारीको पुरस्कारले सम्मान गरेको थियो। यो पुरस्कार यसअघिको कार्यविधिमा नै थिएन।

गएको पुस २० गतेको गण्डकी मन्त्रिपरिषद् बैठकले उक्त पदसहित प्रोत्साहन पुरस्कार पद पनि सिर्जना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकमा एजेन्डा लैजाने प्रमुख सचिवले हो। 

प्रकाशित मिति: : 2021-03-25 08:39:00

प्रतिकृया दिनुहोस्